Bisal Chautari Logo

घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु, एक घाइते

- ६ पुष २०७४, बिहीबार ११:२५ मा प्रकाशित


Two women died
विशाल चौतारी समाचार
बागलुङ ,२०७४ पुस ६ बिहिवार । बागलुङ । घर लिप्ने माटो खन्ने क्रममा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

                                                                                                                               फाइल फाेटाे 

बागलुङ जिल्लाको सर्कुवामा बिहीबार घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको हो । अर्की एक महिला घाइते भएका छन् ।
माटोमा पुरिएर घाइते भएका तारा सुनारको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।मृतक सुनार र नेपालीको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

प्रतिक्रिया