Bisal Chautari Logo

बस दुर्घटना हुदाँ दुईको मृत्यु

- २ पुष २०७४, आईतवार १०:१६ मा प्रकाशित


Two die in bus accident
विशाल चौतारी समाचार
धनगढी,,२०७४ पुस २ आइतवार । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नंको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
                                                                                                                                 फाइल फोटो

विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा बसमा सवार छ जना घाइते भएकामा स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै कैलालीको घोडाघोडी नगरपालिका–९को फाराम गाउँको एक कच्ची घरमा गए राति आगलागी हुँदा जलेर ७५ वर्षीया मन्धरा धामीको मृत्यु भएको छ । आगलागी हुँदा घरमा उनी बाहेक अन्य कोही थिएनन् । रासस

प्रतिक्रिया