Bisal Chautari Logo

चीनसँग लसपस गरेकै कारण सांसद पदबाट राजीनामा, के गेरेका थिए ?

- २६ मंसिर २०७४, मंगलवार ०९:१६ मा प्रकाशित


Rejected for the relationship with China
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २६ मंगलवार । चीनसँगको सम्बन्धलाई लिएर प्रश्नहरु उठाइएपछि अष्ट्रेलियाका एक जना प्रभावशाली विपक्षी नेताले सांसद पदबाट राजीनामा दिएका छन्।
लेबर पार्टीका नेता श्याम डेस्टयारीलाई चन्दा सहयोग पाए बापत चिनियाँ सरकारी स्वार्थहरुको प्रवर्द्धन गरेको आरोप लागेको थियो। कुनै समय उदाउँदो नेताको रुपमा परिचय बनाएका ३४ वर्षीया नेताले आफ्नो दललाई थप लज्जाको परिस्थितिबाट जोगाउन राजीनामा दिएको बताएका छन्।
अघिल्लो हप्ता अष्ट्रेलियाले घरेलु राजनीतिमा विदेशी प्रभाव रोक्न भन्दै देशबाहिरबाट राजनीतिक चन्दा लिन प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। श्याम डेस्टयारीले एउटा चिनियाँ व्यापारिक फर्मबाट चन्दा स्वीकार गरेकोमा यसअघि नै माफी मागिसकेका छन्।
आफ्नो पार्टीको नीति विपरित साउथ चाइन सीमा रहेको चीनको दावीलाई समर्थन गरेको देखिएपछि उनको निर्णय क्षमतामा पुनस् प्रश्नहरु उठाइएका थिए। आफ्ना कारण उत्पन्न विवाद अन्त्य गर्न राजीनामा दिन लागेको उनले बताएका छन्।
तर उनको राजीनामाले अष्ट्रेलियामा बढ्दो चीनको प्रभाव अन्त्य गर्ने सम्भावना भने देखिँदैन। राजनीतिक दलहरुमा विदेशी चन्दा नियन्त्रणका लागि नयाँ कानूनहरु ल्याउने योजना बनाइएको छ। बीबीसी

प्रतिक्रिया