Suicide suicide by Chinese senior military officer
विशाल चौतारी समाचार
बेइजिङ,२०७४ मंसिर १२ मंगलवार । भ्रष्टाचारको आरोप लागेपछि चीनको सैन्य आयोगका सदस्य चाङ याङले बेइजिङस्थित आफ्नै घरमा आत्महत्या गरेका छन् । आफूमाथि छानविन थालेपछि उनले आत्महत्या गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ ।
भ्रष्टाचारको आरोप लागेका पूर्वसैन्य अधिकारी गो बोझोङ र जु कोइहोउसँगको सम्बन्धलाई लिएर उनीमाथि छानविन सुरु भएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार झाङ याङले अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको भेटिएको थियो । साथै उनले घुस लिनका लागि अज्ञात स्थानमा ठूलो मात्रामा सम्पत्ति जम्मा गरेको आशंका गरिएको छ ।
प्रतिक्रिया