Take care of these things to make beautiful faces
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर ११ सोमवार । सुन्दर अनुहार होस भन्ने चाहना सबै महिलाको हुन्छ । तर चाहना भएर मात्रै कहाँ हुन्छ र ? त्यसका लागि त उपयाको खोजी गरी र नियमित रूपमा त्यसलाई पछ्याउनु पर्यो नि । हरेक महिलाको चाहना सुन्दर देखिने भए पनि उनीहरू केही त्यस्ता हेलचेत्रई गर्छन् जसले उनीहरूको सुन्दरतामा असर गरिरहेको हुन्छ ।
सुन्दर बन्न यी कुराहरूको ख्याल गर्नुहोस्
हरेक महिला आकषर्क देखिन जस्तोसुकै पनि उपया अपनाउन खोज्छन् । तर नियमित व्यायाम जान खोज्दैन ।सुन्दरतासँगै स्वास्थ्य शरीरका लागि नियमित व्यायाम जानुपर्छ । सिलिम कडा भन्दा कडा व्यायाम गर्नेहरु पनि छन् । तर यास्ता युवतिहरु एकदमै कम मात्रामा देखिन्छन् ।कडा भन्दा नि नियमित रूपमा व्यायाम गर्ने युवतीहरु चाडै सुन्दर बन्छन् ।
सिलिम बन्नका लागि सकेसम्म कम खानेहरु पनि धेरै देखिन्छ । यश प्रकारको कार्य पनि ठिक होइन । खानपानमा कटौती गर्ने तथा खादैँ नखाने प्रवृत्तिले शरीरलाई असामान्य बनाउने मात्रै मभई ग्याटिकको रोगी पनि बनाउन सक्छ ।त्यस कारण सिलिम हुने हो भने एकैपटक धेरै खान नखाने , तर पटक पटक गरेर खाने गर्नु पर्दछ पेठ भोको राखेको राम्रो हुँदैन ।
साँच्चै सुन्दर र सिलिम बन्न खोज्नु भएको छ भने पयार्त मात्रमा पानी चाहिन्छ । धेरै पिसाब लाग्ने डरले कतिपयाले कम पानी पिएको पाइन्छ । त्यसो गर्नु अवश्य राम्रो होइन । कम्तीमा दैनिक आड ग्लास पानी पिउनु पर्छ ।कडा मेहनत भन्दा पनि चिल्लो बिहिन खाना खाने बानी बसाल्नु पर्दछ । त्यसमाथि दिनमा दैनि एक घण्टा पैदल हिँड्ने बानी गर्नु पर्दछ । जसले गर्दा तपाईँमा निहित मोटोपनलाई घटाउने गर्दछ ।
नियमित रूपमा खानपान र आवश्यक पौष्टिक तत्वको पनि खेल गर्नु पर्दछ । फलफुल प्रशस्त मात्रामा खाने हो भने मानिसको छालालाई चमक प्रद गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
प्रतिक्रिया