Singing the song in Prakash’s memory
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०५ मंगलवार । भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक तथा पूर्व सांसदको खुसीराम पाख्रिनको निधन भएको छ ।
फाइल फोटो
बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै पाख्रिनलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीतसमेत गाएका थिए ।
प्रतिक्रिया