Bisal Chautari Logo

दाजुभाइको एउटै श्रीमती, दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा

- २४ कार्तिक २०७४, शुक्रबार ११:१८ मा प्रकाशित


The only wife of brother
विशाल चौतारी समाचार
गोरखा, २०७४ कात्तिक २४ शुक्रवार । हामीले एटा केटाको दुइवाट श्रीमती त धेरैको सुनेका छै अनि देखेका पनि छै । तर एउटा श्रीमतीको दुईवटा श्रीमान भने खासै सुनेको देखेको छैन ।

                                        एकै घरको दाजुभाइको एउटै श्रीमती पेमा

पहिले पहिले गोर्खाको उत्तरी दुर्गम क्षेत्रमा एकैघरका दुई दाजुभाइका एउटै श्रीमती खुबै भेटिन्थे। तर अझैँ पनि यो पराम्परा हटिसकेको छैन । अहिले पनि बिही, छेकम्पार ,सामागाउँ लगायत गाविसका दुई भाइले एकै श्रीमती बिहे गरेको भेटिन्छ ।
बिही गाविसमै यस्ता गाउँ पनि छन् जहाँ एकै घरका दुई दाजुभाइले एउटै बिहे गर्छन्। बिही १, क्रोका एकै घरका दुई दाजुभाई फुर्बु तेन्जिङ र छेवाङले एउटै बिहे गरेका छन् । दाजुभाइले वडा नम्बर ९ की पेमा लामालाई बिहे गरेका हुन्। पेमा उनीहरु दुवैका श्रीमती हुन्। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा बस्छन् ।
त्यहाँ मन परेको केटीलाई मेलापात, गोठालो जाँदा, घट्ट जाँदा, बाटोमा भेटेका बेला र राति सुतेको ठाउँमै गएर तान्ने प्रचलन छ। पेमालाई पनि फुर्बु र छेवाङले सुतेका बेला घरबाटै तानेका थिए।
केटीका आमाबाबुलाई खुसी बनाउन सके भने छोरीलाई जबरजस्ती तानेर, बोकेर दलबलसहित आएर लैजान प्रचलन छ। बिही गाविसमा अहिले पनि तानेर जबरजस्ती बिनामन्जुरी बिहे हुने क्रम रोकिएको छैन।
बिही ४ की सोनाम साङ्मोको १६ वर्षे उमेरमा तानेरै बिहे भएको थियो। उनले भनिन् ‘घरमा आमाबुवालाई टन्न रक्सी खुवाए, मलाई तानेर लगे, फर्कियो भने घरमा पनि नराम्रो, आमाबाबुलाई केटा पक्षले कुटपिट गर्ने, झगडा हुने, पैसा दिनुपर्ने सम्म हुन्छ, डरले म बसिरहेँ।’
उनको अहिले तीन छोरी र दुई छोरा छन्। ‘म त एउटा मात्रै श्रीमती, अझै गाउँमा कोही केटी त दुईजना भएको ठाउँमा पर्छन्,’ साङ्मोले भनिन्। उत्तरी गोरखाका अधिकांश दुर्गम गाविसमा तानेरै बिहे गर्ने, एकै परिवारका दुई दाजुभाइले एउटै केटीसँग बिहे गर्ने प्रचलन अहिले पनि छ। दाजुभाइले बिहे गरेपछि आलोपालो घरमा बस्ने गर्छन्।
बिहीमा मात्र होइन, छेकम्पार, सामागाउँमा दुई दाजुभाइको एउटै बूढी अहिले पनि छन्,’ स्थानीय शिक्षिका लुना गुरुङले भनिन्, ‘पहिले धेरै थियो तर अहिले बिस्तारै हराउँदै गएको छ।’ तानेर बिहे गर्ने प्रवृत्ति भने बढिरहेको उनी बताउँछिन्। तानेर बिहे गर्नुलाई संस्कारसँग जोडेर हेर्ने गरिन्छ। उनले भनिन्, ‘केटीको घरपरिवार नमान्दासम्म यो सम्भव हुँदैन, तर मानिहाल्छन्।’ कमजोर चेतना स्तर र संस्कारका कारण यो परम्परा तोडिन गाह्रो भएको उनले बताइन्।

 

प्रतिक्रिया