Bisal Chautari Logo

वाम गठबन्धनका उम्मेदवार जिताउन युवा परिचालन समिति

- २० कार्तिक २०७४, सोमबार १२:१३ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
पोखरा, २०७४ कात्तिक २० सोमवार । नेकपा एमाले निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल कास्कीले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा परिचालन समिति गठन गरेका छन् ।
दुवै संगठनले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी जिल्लाका प्रतिनिधिसभा तीन र प्रदेशसभाका छ वटै क्षेत्रका उम्मेदवारलाई विजयी बनाउन ११ सदस्यीय निर्देशक समन्वय समिति र पाँच हजार एक युवा परिचालन समिति बनाइएको जानकारी दिएका छन् । निर्वाचन परिचालन गर्नका लागि जिल्लाका तीनै निर्वाचन क्षेत्रमा संयुक्त युवा भेला राख्न मिति तय गरिएको युवा संघका अध्यक्ष विष्णु पुनले बताए ।
निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बन्ने र यसले देशमा राजनीतिक स्थायित्व कायम भई आर्थिक समृद्धि र विकास अघि बढ्ने योङ कम्युनिष्ट लिगका अध्यक्ष राम थापाले जिकिर गरे । यसैबीच वाम गठबन्धनका उम्मेदवारलाई जिताउन एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले एक हजार २१२ सदस्यीय निर्वाचन परिचालन कमिटीसमेत गठन गरेका छन् । रासस

प्रतिक्रिया