Bisal Chautari Logo

बालिकाको बलात्कार गरिसकेपछि पनि, यसरी आँखा निकाल्न खोजे

- १३ कार्तिक २०७४, सोमबार ०७:५७ मा प्रकाशित


After raping a girl, she tried to get her eyes out
विशाल चौतारी समाचार
भोजपुर, २०७४ कात्तिक १३ सोमवार । भोजपुर आम्चेक गाउँपालीका, ९ दुम्मानीका १४ बर्षीय गीता विश्वकर्मा (नाम परिवर्तन ) लाई सोहि गाँउको सन्तोष श्रेष्ठले बलात्कार पछि आखाँ झिकेर हत्या गर्न खोजेको छ ।
प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुका अनुसार घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको थिए । वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका छन् ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाका दाजु धनबहादुर विश्वकर्माले बताए । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजु धनबहादुरले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
पीडितको परिवारबाट कुनै पनि रिपोर्ट र प्रतिक्रिया नआएको र बलात्कारको आरोपी सोही गाउँपालिका (९, श्री सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठलाई नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको डिएसपी थारुले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया