Bisal Chautari Logo

त्रिशुलीमा बस खस्दा ‘१९ जनाको मृत्यु’ उद्धार तथा खोजी कार्य जारी

- ११ कार्तिक २०७४, शनिबार ०६:४३ मा प्रकाशित


Bus accident in Titshuli 19 deaths
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ११ शनिवार । पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा शनिवार बिहान यात्रुबस खस्दा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

                                                                                         त्रिशुली बस दुर्घटनामा जीवित उद्धार गरिएकाहरु

अहिलेसम्म मृत्यु हुनेमा ८ जना पुरुष, ५ जना महिला र तीनजना बालबालिका रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। उद्धार तथा खोजी कार्य भईरहेको पनि उनले बताए।
सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदीमा खसेको थियो ।
गम्भीर घाइते भएका यात्रुलाई राजधानी काठमाण्डू लगिएको र सामान्य घाइतेहरुको गजुरीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

 

                                                         त्रिशुली नदीमा डुबेको यात्रुको खोजीमा रहेका सुरक्षाकर्मीहरु

 

प्रतिक्रिया