Bisal Chautari Logo

आफ्नै प्रेमिकाको हत्या गरी दुबई भागेका लामिछाने पक्राउ, किन गरे प्रेमिकाको हत्या कारण यस्तो छ

- ३० आश्विन २०७४, सोमबार ०६:५२ मा प्रकाशित


Murder of my own girlfriend
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३० सोमबार । आफ्ने प्रेमिकालाई हत्या गरेर दुबईमा भागेका प्रकाश लामिछानेलाई प्रहरीले पक्रेर काठमाडौँ ल्याएको छ । व्यापारीलाई अपहरण गरी फिरौती लिएपछि प्रेमिकाले पोल खुल्ने डरले प्रेमिकाको हत्या गरेका थिए ।
                                                                                                                               फाइल फोटो

लामिछानेले प्रेमिका राधिकालाई प्रयोग गरी मख्खन गल्लीमा न्यू डालिज साडी र साडी संसार पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए । स्थाइ घर धादिङ भएकी राधिका अग्रवालको पसलमा काम गर्थिन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले इन्टरपोलसँग समन्वय गरी लामिछानेलाई दुबईमा पक्रेर आइतबार साँझ काठमाडौँ ल्याएको हो । भक्तपुर बागेश्वरीका लामिछानेविरुद्ध इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।
१० लाख ७० हजार रुपैयाँ फिरौती लिएपछि पोल खुल्ने डरले लामिछानेले राधिकाको हत्या गरेर भक्तपुरको मुहानपोखरीमा शव फालेका थिए । घटनामा संलग्न भएको भन्दै प्रहरीले किशोर गिरी र सरोज घोरासैनेलाई पक्राउ गरे पनि लामिछाने फरार थिए ।

प्रतिक्रिया