Bisal Chautari Logo

छविले पुन: शिल्पालाई ‘हवल्दार सुन्तली’ बनाउदै

- १५ बैशाख २०७१, सोमबार ०३:५१ मा प्रकाशित


shilpa pokhrel hawaldar suntali
काठमाडौं, १५ बैशाख । अभिनेत्री शिल्पा पोखरेल ‘हवल्दार सुन्तली’ बन्ने भएकी छिन् । शिल्पालाई ‘हवल्दार सुन्तली’ बनाउँने व्याक्ति भने निर्माता छवि ओझा नै हुन् । 
अहिले सम्म निर्माण गरेको चलचित्र भन्दा ठुलो लगानीमा बन्न लागेको निर्माता छवि ब्यानरको यो चलचित्र ‘हवल्दार सुन्तली’ महंगो हुने भएको छ ।


बताइए अनुसार एक करोड भन्दा बढि लगानिमा चलचित्र ‘हवल्दार सुन्तली’ निर्माण हुँदैछ । चलचित्रको सुटिङ समयावधी नै दुई महिनाको छुट्याइएको छ ।‘लज्जा’ डेव्यु अभिनेत्री शिल्पा पोखरेल ‘हवल्दार सुन्तली’को शिर्ष भूमिकामा प्रस्तुत हुनेछिन् । शिल्पासँगै अभिनेताद्धय सविन श्रेष्ठ र किशोर खतिवडा ‘हवल्दार सुन्तली’ मा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्र ‘हवल्दार सुन्तली’ ले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको कथा बोकेको छ । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरी जवान सुन्तली धामीको कथालाई चलचित्रले केहि मात्रामा उठाएको निर्माता ओझाले बताए । सुन्तली सहकर्मी प्रहरीबाटै सामुहिक बलात्कारको शिकारमा परेकी थिईन् । निर्माता छवि ओझाले यसअघि निर्माण गरेको ‘कसले चोर्यो मेरो मन’ र ‘अन्दाज’ हाइ बजेटका चलचित्र हुन् । दुवै चलचित्रले व्यवसायिक सफलता पाएका थिए । जेठ ५ गते काठमाण्डौबाट शुर हुने चलचित्रको सुटिङ जोमसोम तथा राजधानी बाहिरका अन्य थुप्रै ठाउँमा गरिने छ ।

दिपक शर्माको संगीत रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । ‘हवल्दार सुन्तली’को स्क्रिप्ट शिवम अधिकारीले लेखिरहेका छन् ।

add

प्रतिक्रिया