
Nepalese team Malaysia departure
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २३ शुक्रबार। आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपको छनौट खेल अन्तर्गत यू–१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।
                                                                                                                                  फाइल फोटो 
आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् ।
नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया