Bisal Chautari Logo

प्रेमगीत–२ हेरेपछी नेपाल आइडलका टप ७ प्रतिस्पर्धीले दर्शकलाई चलचित्र हेर्न आग्रह गरे (भिडियोसहित)

- २३ श्रावण २०७४, सोमबार ०७:२५ मा प्रकाशित


nepal idol top 7 contestant watching prem geet movie with pradeep khadka
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण २३ सोमबार । चलचित्र ‘प्रेमगीत–२’ अहिले दोस्रो सातामापनि उत्तिकै उत्साहका साथ चलिरहेको छ । यही क्रममा नेपाल आइडलका सातै प्रतिस्पर्धी चलचित्र हेर्न काठमाडौको कुमारी हलमा उपस्थित भएका छन् ।
nepal idol top 7 contestant watching prem geet movie-1कुमारी हलमा नेपाल आइडलका स्पर्धीलाई भेट्दा फ्यानहरुले घेर्नु अचम्म थिएन । प्रेमगीत २ हेर्न उनीहरु कुमारी आएका थिए । ‘निकै फ्रेस भयो र मनोरञ्जन पनि लियौं’ एकजना प्रतिस्पर्धी एवं पाश्र्वगायक प्रताप दासले भने, ‘चलचित्र राम्रो बनेको छ । सबैलाई एकपटक हेर्न सुझाव दिन्छु ।’ त्यस्तै अर्का प्रतिस्पर्धी सागर आलेले चलचित्र ‘प्रेमगीत–२’ धेरै राम्रो बनेको बताउदै चलचित्र हेर्न दर्शकलाई आग्रह गरे । प्रताप दास, सागर आले र सुरज थापाले चलचित्रको क्लब गीत ‘मोटरसाइकलमा…’ गाएका थिए । चलचित्रमा यो गीत नेपाल आइडलका निर्णायक इन्दिरा जोशि र प्रतिस्पर्धी प्रताप दासले गाएका छन् ।
nepal idol top 7 contestant watching prem geet movieसांगीतिक पक्ष र अभिनयले आफूलाई मन परेको अर्का एक प्रतिस्पर्धी बुद्ध लामाले बताए । यी पोखरेली ठिटालाई नेपालको सौन्दर्यले मन छोएछ । अभिनेता प्रदीप खड्का, सन्तोष सेन, कैलाश कट्वालसग बसेर आइडल टीमले चलचित्र हेरेको हो । पाच करोड दौडमा रहेको सिनेमा दोस्रो सातामा सुखद अकुपेन्सीसहित प्रदर्शनरत छ । अहिले पनि मोफसल र काठमाडौंका हलहरुमा चलचित्र प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया