Bisal Chautari Logo

सामाजिक कामको लागी वृतचित्र, श्रष्टा सम्मान तथा सास्कृतिक साझ–२०७४ हुदै

- ५ श्रावण २०७४, बिहीबार १५:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ५ बिहिबार । सामाजिक कामको लागी वृतचित्र प्रद्धशनी, श्रष्टा सम्मान तथा सास्कृतिक साझ २०७४ को आयोजना हुने भएको छ । स्नेहा बालगृहको सहयोगार्थ यो कार्यक्रम भाद्र ११ गते आइतबार जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।
musical program in kathmanduनिर्माता सिमा चाम्लिङ राई र नन्स्टप क्रियसनको आयोजनामा हुन लागेको कार्यक्रममा ‘रजनी’ नामक वृतचित्र प्रर्दशनी गरिनेछ । यस कार्यक्रममा चर्चित गायिका कुन्ति मोक्तान, पार्वती राई, सत्यकला राई, मिसेस मंगोल नेपाल सोनम थुलुङ राई, अभिनेत्री अनु शाह, हास्यकलाकार मुलाको साग, जोगेन्दर पान पसले, गणेश इसारा, धनिराम राई, प्रमोद निर्वान र शिव थापामगरले आ–आफ्नो प्रस्तुती दिने आयोजक टिमका प्रमुख सिमा चाम्लिङले बताइन् । साथै कार्यक्रममा श्रष्टा सम्मानपनि गरिने भएको छ ।

musical program in kathmandu

प्रतिक्रिया