Bisal Chautari Logo

रेखाले ‘निलो निलो खुला आकाश’को तारिफ गर्दै ‘तारेभीर’मा यसरी कम्बर मर्काइन् (भिडियोसहित)

- ४ माघ २०७३, मंगलवार १०:२८ मा प्रकाशित


Rekha Phago movie TAAREBHIR Song Nilo Nilo Khulla Akash by Rima Gurung
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ ४ मंगलबार । चलचित्र ‘तारेभीर’ले युनिटले रिलिज मिति नजिकिदै जाँदा प्रचारप्रसारलाई ध्यानमा राख्दै मोडलबाट अभिनेत्रीमा डेब्यु गरेकी रेखा फागोले फिचरिङ गरेको एक गीत सार्वजनिक गरेको छ । गत सोमबार चलचित्रको ‘निलो निलो खुला आकाश’ बोलको गीतलाई सार्वजनिक गरिएको हो । Rekha Phago movie TAAREBHIR Song Nilo Nilo Khulla Akash by Rima Gurung
सार्वजनिक गीतमा मीना सिंगकको शब्दरचना रहेको छ भने प्रकाश गुरुङको संगीत र रीमा गुरुङको स्वर रहेको छ । गोविन्द राईको नृत्य कोरियोग्राफी रहेको यस गीतमा नायिका रेखा फागोलाई नै फिचरिङ गरिएको छ ।
‘तारेभीर’ को निर्माण नेक्स्ट जेनेरेशनको व्यानरमा देउकृष्ण देवनले निर्माण गरेका हुन् । बरिष्ठ कलाकार समेत रहेको प्रेम सुब्बाद्वारा निर्देशित यो चलचित्रको रिलिज मिति भने सार्वजनिक गरिएको छैन । तर,आउादो चैत अन्तिमतिर रिलिज गर्ने लक्ष्य रहेको निर्माता देवनले बताए । उनका अनुसार सार्वजनिक रिलिज अगाडि केही स्थान र विदेशमा च्यारिटी शो हुनेछ ।
चलचित्रमा नेपाल स्टार विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित रानालगायतको मुख्य अभिनय रहेको छ भने बालकलाकारका रुपमा लसता श्रेष्ठले अभिनय गरेकी छन् । चलचित्रलाई नारीप्रधान भनिएको छ ।

Nilo Nilo Khulla Akash by Rima Gurung | New Nepali Movie TAAREBHIR Song 2017/2073

New Nepali Movie TAAREBHIR
Song Title : Nilo Nilo Khulla Akash
Vocal : Rima Gurung
Music : Prakash Gurung
Lyrics : Meena Singhak
Arranger : Chand Singh
Choreographer : Gobind Rai
Producer : Deo Krishna Dewan
Cinematographer : Yubraj Rai (Bir Bahadur)
Colour : Manoranjan Shrestha
Editor : Ramprasad Chaudhary
Director : Prem Subba

प्रतिक्रिया