Bisal Chautari Logo

गायिका पविता पुमा ६ वर्षपछी दोस्रो एल्बम ‘मौकैले हो की ?’ लिएर बजारमा आउँदै

- २४ भाद्र २०७३, शुक्रबार ०४:२० मा प्रकाशित


pavita puma rai second album Maukai le ho ki
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २४ शुक्रबार । गायिका पविता पुमा राई ६ वर्षपछी दोस्रो एल्बम ‘मौकैले हो की ?’ लिएर बजारमा आउने भएकी छिन् । ६ वर्ष अगाडी गायिका पुमाले ‘बरुन तरेर’ नामक एल्बम ल्याएकी थिइन् । यस एल्बममा लोक तथा आधुनिक गीतहरु दर्शकले सुन्न पाउनेछन् ।
pavita-puma-rai-second-album-maukai-le-ho-ki७ गीत समावेश रहने एल्बम ‘विशाल चौतारी मिडिया प्रा.लीबाट बजारमा आउँदैछ । चाँडै बजारमा आउन लागेको एल्बम भब्य विमोचनपछि बजारमा आउनेछ । यस एल्बमको डोएट गीतमा गायिका पवितालाई चर्चित गायक राजेश पायल राई र युवा गायक राजेश राई पुमाले साथ दिएका छन् । एल्बमको टाइटल गीतमा राजेश राई पुमाले स्वरमा साथ दिएका छन्, भने रुवेन पुन मगर ‘रन’को शब्द तथा सुमन राईको संगीत रहेको छ । त्यस्तै ‘उकाली ओराली’ बोलको गीतमा राजेश पायलले स्वरमा साथ दिएका छन्, भने लालमान राईको शब्द तथा सुमन राईकै संगीत रहेको छ ।
pavita-puma-rai-second-album-maukai-le-ho-ki-1‘एकोहोरो भयौ’ बोलको गीतमा राष्ट्रगानका रचनाकार ब्याकुल माइलाको शब्द रहेको छ, भने डि.आर. अटुको संगीत रहेको छ । त्यस्तै ‘तिम्लाई’ बोलको गीतमा लक्ष्मिप्रशाद घिमिरेको रचना रहेको छ, भने सुमन राईकै संगीत रहेको छ । ‘पहिलो भेटमै’बोलको गीतमा बडाजीत राईको शब्द तथा संगीत रहेको छ । त्यस्तै ‘टाढा–टाढा’ बोलको गीतमा सुरज राईको शब्द तथा संगीत रहेको छ । एल्बमको अन्तिम ७ नम्बरको गीतमा रुवेन पुन मगर ‘रन’को शब्द रहेको छ, भने खड्कबहादुर राईको संगीत रहेको छ ।
यस एल्बमको एउटा म्युजिक भिडियोपनि बनिसकेको छ । जसलाई अहिलेका चर्चित युवा निर्देशक तथा गायक राजेश राईले निर्देशन गरेका छन् ।

प्रतिक्रिया