Satyaraj Acharya by Aaja Yeuta Khaam song
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २० सोमबार । गायक, संगीतकार एवं गजलकार सत्यराज आचार्यले आफ्नो महत्वाकांक्षी एकल गजल एल्बम ‘मधुशाला’ को तेस्रो भिडियो सार्वजनिक गरेका छन् । आफ्नो छोरा संगीतराज आचार्यको जन्मदिनको अवसरमा ‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ बोलको म्यूजिक भिडियो युट्युबवाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक भिडियो लण्डन र स्कटल्याण्डमा खिचिएको हो । यस भिडियोको निर्देशन, छायांकन र सम्पादन स्कटल्याण्ड निवासी दिपेश रेग्मीले गरेका हुन् । भिडियोमा सत्यराज, निश्चल कार्की र प्रीथा भण्डारीले अभिनय गरेका छन् । गजल इतिहासमै पहिलो पटक एकल श्रष्टा सत्यराज आचार्यको लेखन, संगीत र गायन रहेको ‘मधुशाला’बाट यस अघि दुईवटा गजलहरु ‘काली’ र ‘मधुशाला’ सार्वजनिक भई सकेको छ ।
Song:Aaja Yeutaa Kham Dekhe आज एउटा खाम देखें
Vocal /Lyrics /Music : Satya Raj Acharya
Album : Madhushala
Camera/Director/ Edit: Dipesh Regmi
Models : Satya / Pritha and Nischal
प्रतिक्रिया