hostel 3 nepali movie construction Announcement
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ भाद्र ३२ सोमबार । दुर्गिश फिल्मसले ‘होस्टेल’को तेस्रो सिक्वेल निर्माण घोषणा गरेको छ । अघिल्ला दुबै सिक्वेल सफल भएपछि उसको ध्यान तेस्रो संस्करण निर्माणतर्फ मोडिएको हो ।
कम्पनी प्रमुख दुर्गिश थापाले निर्माण पुष्टि गरिन् । अहिले कम्पनीद्धारा निर्मित ‘सायद २’ सम्पादन टेबुलमा छ । घोषित प्रोजेक्ट ‘लाउरे’ छायांकन तयारीमा छ । अर्को सिनेमा ‘उलन म्यारी’ पछि ‘होस्टेल ३’ बन्ने लाइनअप सार्वजनिक गरियो ।
‘होस्टेल तीनको कथा यसपटक नर्सिङ या सीएलाई लिएर गर्ने योजना बुनेका छौं’ थापाले भनिन्, ‘हामी दर्शकबाटै सुझावको अपेक्षामा छौं ।’ यसअघि इन्जिनियरिङ कलेजको कथा र पात्रलाई कन्टेन्ट तुल्याइएको थियो । अनमोल केसी, सलोन बस्नेत, सुशिल श्रेष्ठ, सुशिल सिटौला, स्वस्तिमा खड्का, शशी श्रेष्ठ, प्रकृति श्रेष्ठले होस्टेल सिरिजबाटै अभिनयमा डेब्यु गरेका हुन् ।
प्रतिक्रिया