Bisal Chautari Logo

रमेशको अंलागोमा रजनी यसरी खुलिन् || राजेशपायल र प्रविशाको स्वरमा ‘ब्रासलेट’ गीत रिलिज (भिडियो)

- २२ असार २०७३, बुधबार १२:२० मा प्रकाशित


BRACELET movie song ft Ramesh Upreti and Rajani KC
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ २२ बुधबार । लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक भएका कुनै समयका चर्चित अभिनेता रमेश उप्रेती र पछिल्लो पुस्ताकी चर्चामा आइरहेकी अभिनेत्री रजनी केसी अभिनित चलचित्र ‘ब्रासलेट’को गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ ।
BRACELET movie song ft Ramesh Upreti and Rajani KCRajani KCभदौ १७ गतेबाट रिलिज हुने चलचित्र ‘ब्रासलेट’ टिमले चलचित्र विकाश बार्डमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरेको हो । सूचना तथा संचारमन्त्री शेरधन राइ कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।
केशव भट्टराइले निर्माण गरेको यो चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा रमेशको साथमा देखिएकी अभिनेत्री रजनी केसी खुलेकी छिन् । रमेश र रजनीको जोडी सार्वजनिक दुबै गीत र ट्रेलरमा खुबै सुहाएको देख्न सकिन्छ । अभिनेत्री रजनीसंगै चलचित्रमा नम्रता सापकोटाकोपनि मुख्य भूमिका छ ।
राजेश पायल राई र प्रविशा अधिकारीको आवाजमा समावेश गरिएको ‘खोई माया गरेको’ बोलको गीत युटुबबाट सार्वजनिक भएको छ । यो गीतमा रजनी र रमेशलाई फिचरिङ गरिएको छ ।
मदन घिमिरेको शब्द रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । चलचित्रमा सुदिप बरालको छायांकन, गोविन्द राइको कोरियोग्राफी, हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन छ ।

BRACELET movie song ft Ramesh Upreti and Rajani KC (2)BRACELET movie song ft Ramesh Upreti and Rajani KC (3)

खोइ माया गरेको ? || BRACELET || Rajesh Payal Rai, Prabisha || OFFICIAL VIDEO

Khoi Maya Gareko
Singer: Rajesh Payal Rai/ Prabisha Adhikari
Music: Tara Prakash Limbu
Lyrics: Madan Ghimire
Ncell: 60211820 UTL: 77814243 Smart: 3020371
Ncell: 60211821 UTL: 77814244 Smart: 3020372

Artist: Ramesh Upreti,Rajani KC,Sugam Guragain, Namrata Sapkota
Camera: Sudip Baral
Choreography: Gobinda Rai
Fight: Himal KC
Editor: Bipin Malla
Producer: Mrs Nita Bhattarai
Director: Nirmal Sharma

प्रतिक्रिया