Bisal Chautari Logo

सहमति पछि मुद्धा फिर्ता पलाष्टिक झोला बिक्रि वितरणमा कडाई गरिने

- ९ श्रावण २०७०, बुधबार ११:३४ मा प्रकाशित


विशाल चौतारी सम्वाददाता
साउन ९ उदयपुर । सहमतिसँगै बादीले मुद्धा फिर्ता लिएपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा छिटपुट रुपमा बिक्री वितरण हुदै आएको पलाष्टिकमा अब कडाई गरिने भएको छ ।

बादी सगरमाथा डिपार्टमेण्ट स्टोरका सञ्चालक किरण राई, प्रतिबादी त्रियुगा उद्योग बाणिज्य संघका पदाधिकारी र त्रियुगा नगरपालिकाका प्रतिनिधि बीच केहि दिन अघि भएको संयुक्त छलफलपछि बादी डिपार्टमेण्ट स्टोरका सञ्चालक राईले मुद्धा फिर्ता लिने सहमति जनाएका हुन ।
    मुद्धा फिर्तासागै पलाष्टिक आर्यात, निर्यातमा कडाई गरिएको त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिए । छलफलमा सञ्चालक राईले कामको थालनी आफैमा राम्रो भएपनि सामान्य त्रुटीलाई लिएर व्यापारी बीच एकता हुन नसक्दा न्यायका लागि आफु अदालतको ढोका ढकढक्याउन बाध्य भएको बताए ।
    दुबै पक्षबीच भएको आपसी समझदारीपछि नगर क्षेत्रलाई पलाष्टिक मुक्त बनाउन योजनाबद्ध रुपले अगाडी बढाउने सहमति भएको बताइएको छ । बिभिन्न अवरोधका बाबजुदा सबैको प्रयासबाट बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर नगर क्षेत्रलाई औपचारिक रुपमा पलाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको थियो ।
    घोषणासागै अनुगमनमा गएको टोलीले डिपार्टमेण्ट स्टोरमा बिक्रीका लागि राखिएको १ बोरा पलाष्टिक वरामद गरेपछि सञ्चालक र बाणिज्य संघ, नगरपालिका बीच जुहारी चलेको थियो । राईले फिर्ता गर्न गाह्रो भएको र यहाा भन्दा नबेच्ने भन्दै आग्रह गरेपनि टोलीले उनको त्यो आग्रहलाई वेवास्ता गर्दै जफत गरेपछि राई अदालत समक्ष पुगेका थिए ।
    सञ्चालक राईले आफु अन्यायमा परेको भन्दै बैशाख ३१ गते पुनराबेदन अदालत राजबिराजमा पलाष्टिक बिक्री वितरण गर्न पाउनु पर्ने माग राखी मुद्धा दर्ता गराएका थिए । निवेदकको आशय बुझी अदालतले समेत मुद्धा किनारा नलागुन्जेलसम्म तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन नगरपालिका र उबासंघलाई आदेश गरेपछि केही महिना अभियानले सार्थकता पाउन सकेको थिएनन् ।
    ‘रोकिएको अभियानलाई अब एकताबद्ध ढंगले अगाडी बढाउछौ,’ अध्यक्ष भगतले भने, ‘अतितलाई सुझाबको रुपमा लिई, सबै पक्षको साझा प्रयासमा अगाडी बढ्ने सहमति भएको छ अब हामी बढ्छौ ।’उनले अबका दिनमा कहिा कतैबाट पनि यस्ता भुलहरु नहुने भन्दै, अभियानलाई कडाईका साथ लागु गरी सुन्दर र सफा नगर बनाएरै छाडने बताए । जथाभावि फालिएका पलाष्टिकले नगर क्षेत्र दिनदिनै कुरुप बन्दै गएपछि नगरबासीकै सुझाब सल्लाहा र अन्य नगर क्षेत्रमा भईरहेका प्रयासलाई अध्यन अबलोकन गरी पहिलो पटक प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो ।
    घोषणासागै बजारमा प्लाष्टिक फेला परे कारवाहि गर्ने अनुगमन टोली समेत बनाइएको छ । नगरपालिकाको संयोजकत्वमा त्रियुगा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन, जिल्ला प्रहरी र जेवासिसि सदस्य रहने गरी अनुगमन टोली गठन गरिएको छ ।
    टोलीले नियमित अनुगमन गर्ने र प्रतिबन्धित प्लाष्टिक फेला परे बिक्रेतालाई पटकैपच्छि दुई हजार पाच सय र क्रेतालाई पाच सयसम्म जरिवाना गर्न सक्ने छ । यसको बिकल्पमा कटन र कागजको झोला प्रयोग गर्न सकिने नगरपालिकाका कार्यकारी अधिकृत खिलराज राईले बताए । राईले प्लाष्टिकबाट कोही कसैलाई जोडघटाउमा घाटा लागे पनि नगरबासीलाई भने दिर्घकालिन रुपमा फाईदा पुग्ने बताए । उनले नगरपालिका केन्द्रीकृत सहर नभई विकेन्द्रीकृत भएकाले अभियान सफल बनाउक केही समय लाग्ने बताए ।
    प्लाष्टिकले मानिसको स्वास्थ्यमा प्रतिकुल असर मात्र नपुऱ्याई वातावरणमा समेत असर पुऱ्याउने भएकाले यसप्रति सचेत रहन चिकित्सकहरुको सल्लाहा रहेको छ । अभियान सफल बनाउन आयोजक संस्थाहरुले झण्डै एक बर्ष अघिदेखि नगरपालिकाका बिभिन्न क्षेत्रहरुमा जनचेतनामुलक सडक नाटक, प्रवेशद्धारमा सरसफाई, निशुल्क कटन झोला वितरण, माइकिङ्ग, प्रर्चा, होडिङ्ग बोर्ड, घरदैलो अभियानहरु गर्दै आएको थियो ।
 

प्रतिक्रिया