Bisal Chautari Logo

प्रिमियर शोमा ‘प्रेम गीत’लाई अत्याधिक रुचाइयो || सुदर्शन, पुजा र प्रदिपलाई बधाइको ओइरो (फोटो फिचरसहित)

- २८ माघ २०७२, बिहीबार ०६:०६ मा प्रकाशित


PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
कास्की, २०७२ माघ २७ बुधबार । यस वर्षको अत्याधिक पर्खाइमा रहेको चलचित्र ‘प्रेम गीत’ले प्रिमियर शोमा अत्याधिक रुपमै तारिफ सहित सिनेमा धेरै राम्रो बनेको प्रतिकृया पाएको छ । रोमान्टिक लभस्टोरीमा बनेको चलचित्र ‘प्रेमगीत’ले बुधबार साझ काठमाडौको जय नेपाल हलमा भव्य प्रिमियर गरेको छ ।
PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (7)सिनेमाको प्रिमियर शोमा सेलिब्रिटीहरुको बाक्लो उपस्थिती रेड कार्पेटमा झल्किएको थियो । विदेशी शैलिमा गरिएको प्रिमियर शोको व्यावस्थापन पनि राम्रो थियो । रेड कार्पेटमा चलचित्रका निर्देशक सुदर्शन थापा, निर्माता सन्तोस सेन, अभिनेत्री पुजा शर्मा, अभिनेता प्रदिप खड्का बलिउडका कलाकार दीपराज राणाको साथमा उपस्थित भएका थिए । साथै स्वदेशी सेलिब्रिटीहरुको बाक्लो उपस्थिती थियो ।
PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (6)प्रिमियरमा सिनेमा हेर्न आउने सबैले सिनेमा राम्रो मात्र नभएर अत्याधिक राम्रो लागेको प्रतिकृया दिए । सिनेमाका निर्देशक सुदर्शन थापाको निर्देशन पक्ष सबैभन्दा तारिफ योग्य रहेको थियो । चलचित्र हेरेपछि चलचित्रका प्रेम र गीतको जोडीलाई रुचाइए । अर्थात अभिनेत्री पुजा शर्मा र अभिनेता प्रदिप खड्काको अभिनयलाई सबैले तारिफ गरे । त्यस्तै चलचित्रको सिनेमाटोग्राफी पनि अत्याधिक रुपमै रुचाइमा पर्‍यो । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । उता चलचित्र हेर्न भन्दा अगाडी नै तारिफ पाएको भने संगीत पक्ष रहेको थियो । संगीतकार अर्जुन पोखरेलको संगीतलाई सबैले तारिफ गरे ।
PREM GEET movie Puza sharma (1)चलचित्र हेरेर बाहिरिएका सबैले निर्देशक सुदर्शन थापा, अभिनेत्री पुजा शर्मा र अभिनेता प्रदिप खड्कालाई बधाईको ओइरो लाग्यो । चलचित्र ‘मेरो एउटा साथी छ’लाई विर्साउने निर्देशन, अभिनय, गीतसंगीत, सिनेमाटोग्राफी रहेको समेत प्रतिकृया सबैले दिएका थिए । त्यस्तै रिनेशा राईको कोरियोग्राफलाई पनि सबैले मनपराइएको थियो ।  प्रेम दिवस (भ्यालेन्टाइन) अगावै दर्शकलाई प्रेम बाड्न शुक्रबारदेखि प्रदर्शन हुन लागेको ‘प्रेमगीत’ले दुई जोडीको यात्रा दौरान चिनाजान र त्यसपछि झागिएको प्रेमलाई सुन्दर क्यानभासमा देखाउन खोजेको छ । पहिले करिअर बनाएर मात्रै बिहे गर्न चाहने पोखराको युवक प्रेम (प्रदिप) र अझै खाने खेल्ने उमेरकी ठान्ने र हजुरआमा र बुबालाई छोडेर पराई घर जान नचाहने काठमाडौंकी युवती गीत (पुजा)लाई एउटै समस्या छ, बिहेको । दुवैको घरबाट बिहे छिटो गर्न करकर गर्न थालेपछि समस्याबाट भाग्दै जोमसोम पुग्ने क्रममा यी दुई जोडी प्रेम र गीतको भेट हुन्छ ।
PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (10)आशुसेन फिल्मस्को ब्यानरमा सन्तोष सेनले निर्माण गरेको ‘प्रेमगीत’को राजधानीका मल्टिप्लेक्समा इनिसियल शोज अब्बल देखिएको छ । उता सिनेमा हेरेपछी ‘प्रेमगीत’ सँगै अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित ‘क्लासिक’लाई प्रतिस्पर्धा आक्रमक हुने कुराकानी चलेको छ । उता प्रमोद भारद्वाज र सुष्मा कार्की अभिनित चलचित्र ‘चलेछ बतास सुस्तरी’ पनि सोही दिन रिलिज हुदैछ ।

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (9)

saroj khanal PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa

aashishma nakarmi PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa

mala limbu PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa

PREM GEET movie Puza sharma (2)

PREM GEET movie Puza sharma (3)

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (1)

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (2)

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (8)

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (11)

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (13)

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (15)

PREM GEET movie Puza sharma, Pradeep khadka & Sudarshan Thapa (16)

प्रतिक्रिया