Bisal Chautari Logo

गीतकार डिके राईको किराती गीत एल्मब ‘बलिहाङ’ विमोचित

- १५ मंसिर २०७२, मंगलवार १३:०५ मा प्रकाशित


dk rai new albam 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १५ मंगलबार । गीतकार डिके राईको किराती गीत एल्मब ‘बलिहाङ’ को विमोचन गरिएको छ । केही दिन अगाडी काठमाडौमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतीथि एवं किरात राई यायोख्खाका अध्यक्ष यशोदा राई, कार्यक्रम आयोजक किरात राई सास्कृतिक कलाकार संघको अध्यक्ष पार्वती राई लगायतले विमोचन गरेका थिए ।

dk rai new albam
एल्बम विमोचन समारोहमा बोल्दै गीतकार डि.के राईले किरात राई समूदायको कला–साहित्य तथा सास्कृति समेटिएको उक्त गीति एल्बम ‘बलिहाङ’ले भारतमा मिलाइएको सिक्किम समूदायलाई एक ठाउमा ल्याउने प्रयास गरेको बताए । कार्यक्रममा कलाकारहरु प्राश संगीतकार शान्तिराम राई, आभा मुकारुङ, मेनुका राई, सरला राई, कला राई, जयकुम्भ राई, तीर्थ मुकारुङ, शिला राई, रेवत राई, निश्चल राई, जनकराज राई लगायत प्राय राई कलाकारहरुको सहभागीता रहेको थियो ।

dk rai new albam bimochan abha mukarung rai

dk rai new albam bimochan parbati rai

प्रतिक्रिया