Bisal Chautari Logo

लिटिल च्याम्प – २०१५ को प्रतिस्पर्धी बालबालिका फोटोसुटमा ब्यास्त

- ३० आश्विन २०७२, शनिबार १८:१६ मा प्रकाशित


little champs 2015 nepal photo shoot
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ३० शनिबार । मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले बच्चाहरुको कुशल प्रतिभालाई प्रश्फुटन गराउने उद्देश्यले आयोजना गरेको लिटिल च्याम्प २०१५ को अडिसनसंगै प्रतिस्पर्धी बालबालिकाहरुको फोटोसुट घमाघम भइरहेको छ । आजपनि राजधानीको रंगशालामा फोटोसुट सम्पन्न भएको छ ।

little champs 2015 nepal photo shoot
आयोजकका अनुसार अडिसन सुरु भएकाले इच्छुक बालबालिकाहरुले यस प्रतियोगीतामा भाग लिन सक्नेपनि बताएको छ । आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालको अनुसार यस प्रतियोगीताको कोरियोगा्रफर कला सुब्बा नै रहनेछन् ।

little champs 2015 nepal photo shoot-1

अध्यक्ष मोहनाका अनुसार बालबालिहरुमा हुने भित्री क्षमतालाई उजागर गर्न र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा ल्याउन यो लिटिल च्याम्प गर्न लागिएको बताइन् । बालबालिकाहरुलाई अडिसन, फोटोसुटपछी व्यक्तित्व विकास, फोटो सुट, सामाजिक कार्यमा सहभागी गराउने, सांस्कृतिक सम्पदाहरुको भ्रमण लगायत विभिन्न विधाको शिक्षा दिने समेत अध्यक्ष मोहनाले बताइन् ।

प्रतिक्रिया