Bisal Chautari Logo

गायक निर्णय र गायिका सुनिताले टिनस्टार प्रतियोगीलाई उत्साह प्रदान

- ६ आश्विन २०७२, बुधबार १७:३३ मा प्रकाशित


Teen Star Nepal 2015 nirnaya shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ६ बुधबार । मर्निङ ग्लोरी नेपालले आयोजना गरिरहेको ‘टिन स्टार नेपाल –२०१५’ का प्रतियोगी बालबालिकाहरुलाई चर्चित र्‍यापर गायक निर्णय श्रेष्ठ र गायिका सुनिता प्रधान लिम्बुले उत्साह प्रदानसंगै गायनपक्षका बारेका जानकारी दिएका छन् ।

Teen Star Nepal 2015 nirnaya shrestha
केही दिन अगाडी काठमाडौंको त्रिपरेश्वस्थित दशरथ रंगशालामा गायक, गायिकाद्वयले प्रतियोगितका सहभागीसँग केही समय बिताएका थिए । मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले पहिलो पटक आयोजना गरेको टिन स्टार नेपाल–२०१५ को बालबालिकाहरुले दुई सेलिव्रेटीहरुबाट धेरै ज्ञान लिएको आयोजक संस्थाकी अध्यक्ष मोहना खनाल क्षेत्रीले बताइन् । अडिसन चलिरहेको प्रतियोगीताका लागि कक्षा ७ देखि १२ सम्मका किशोरकिशोरीले भाग लिन पाउनेछन् । यसअघि मर्निङ ग्लोरीको आयोजनामा लिटल च्याम्प, सुपर किड्सजस्ता प्रतिस्पर्धा सम्पन्न भइसकेको छन् ।
चर्चित आरजे, मोडल तथा कोरियाग्राफर कला सुब्बाले यस प्रतियोगीताको कोरियोग्राफी गरिरहेकी छिन्, भने एसिस्नेट कोरियोग्राफीमा बिपास्ना क्षेत्री खनालले काम गरिरहेकी छिन् ।

प्रतिक्रिया