Bisal Chautari Logo

पती श्रीकृष्णलाई सम्झिदै श्वेताले रुदै के भनिन् ?

- २५ श्रावण २०७२, सोमबार १६:३३ मा प्रकाशित


श्रीकृष्णको बार्षिकीमा शिव श्रेष्ठ र शिव रेग्मीलाई सम्मान

shree krishna shrestha to spare the said sweeta khadka crying ?
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २५ सोमबार । जति घाउ पुरानो हुन्छ, अनी बल्झिन्छ उती नै पिडादायी हुन्छ । श्रीकृष्णको वार्षिकीका अवसरमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री श्वेता खड्का श्रेष्ठ भक्कानिदै स्वर्गिय पतिलाई सम्झिदै भावुक मन्तव्य दिएकी थिइन् । मन्तव्यका क्रममा उनले सबैको मायाले गर्दा आफू एक वर्षपछि हिड्न र बोल्न सकेको बताइन् ।

shree krishna shrestha to spare the said sweeta khadka crying
बोल्ने क्रममा भनिन्, ‘म उहाले जस्तै यो इन्डस्ट्रीमा योगदान दिन चाहन्छु,’ उनले भनिन्, ‘उहाले मलाई सबै काम तिमीले सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो, सायद चाडै छाडेर जान रहेछ ।’ ‘यो एक वर्षमा मैले एक क्षण पनि उहालाई भुलेकी छैन,’ श्वेताले थप्दै भनिन्, ‘म धेरैभन्दा धेरै काम गरेर उहाालाई सम्मान दिन चाहन्छु । एउटा सामान्य केटीलाई उहााले धेरै कुरा दिएर जानुभो । म अभागी भएर पनि आज धेरै कुरा पाएकी छु ।’ स्वेताले भनिन्, ‘म खड्का थिए, उहाले नै मलाई श्रेष्ठको परिचय दिनु भएको छ । सुश्री थिए, श्रीमतीको परिचय बनाइदिनु भएको छ । मैले यो क्षेत्रका लागि केही गर्न सकेभने उहाको आत्माले पनि शान्ती पाउनेछ ।’
त्यस्तै बोल्ने क्रममा अभिनेत्री स्वेताले फेरि चलचित्र उद्योगमा फर्किने चाहना व्यक्त गरेकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि चलचित्रबाट टाढा रहेकी उनले आफूलाई हिम्मत दिन सबैसित आग्रह गरिन् । उनले आफूलाई दु:खमा साथ दिने सबैप्रति पटक पटक आभार प्रकट गरिन् ।

श्रीकृष्णको बार्षिकीमा शिव श्रेष्ठ र शिव रेग्मीलाई सम्मान

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको बाषिर्क पुण्य तिथीको अवसरमा ‘श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान’ले दुई चलचित्रकर्मीलाई सम्मान गरेको छ । काठमाण्डौमा आज आयोजित कार्यक्रममा नायक शिव श्रेष्ठलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाा सहित सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथी सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्ऽ रिजालले उनलाई सम्मान पत्र हस्तान्तरण गरे । नायक शिव श्रेष्ठले श्रीकृष्ण सधै अमर रहने प्रतिक्रिया दिए ।
सोही कार्यक्रममा प्रतिष्ठानले स्वर्गिय शिव रेग्मीलाई मरणोपरान्त नगद ५१ हजार सहित सम्मान गरेको थियो । रेग्मी पत्नी ज्ञानु रेग्मीले श्रीकृष्णको संझना गरिन् । विशेष परिस्थितीको मुल्यांकन गरेर आवश्यकता अनुसार प्रतिष्ठानले ‘श्रीकृष्ण श्रेष्ठ विशेष सम्मान’ प्रदान गर्नेछ ।
अब हरेक बर्ष चलचित्र क्षेत्रमा योगदान र्पुयाउने एक चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा श्रीकृष्णको बिषयमा तयार पारिएको पुस्तक ‘अमर नायक’ पनि बिमोचन गरियो । पुस्तकलाई पत्रकार श्याम स्मृतले लेखेका हुन् । पुस्तकका बिषयमा संचारकर्मी तथा निर्देशक प्रकाश सायमीले टिप्पणी गरे । नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको गतबर्ष साउन २४ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । श्रीकृष्णले निर्माण गरेको अन्तिम चलचित्र ‘कोहिनुर’ले आजसम्मकै सबै रेडर्क तोडेको थियो ।

प्रतिक्रिया